पश्चिम नवलपरासीको प्रतापपुर–७, जगतपुरबाट आइतबार साँझ ठूलो परिमाणमा विस्फोटक पदार्थ (पडाका) सहित एक थान मोटरसाइकल बरामद भएको छ।
प्रहरी चौकी बसहियाका प्रहरी नायब निरीक्षक सञ्जय यादवको नेतृत्वमा टोलीले विशेष निगरानीका क्रममा उक्त सामानहरू नियन्त्रणमा लिएको हो।
बरामद गरिएकोमा कुल रु. १ लाख १७ हजार ५ सय बराबरको विस्फोटक पदार्थ र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सम्पूर्ण विस्फोटक पदार्थ (पडाका) लाई नष्ट गरिने प्रहरीले जानकारी दिएको छ।