आइत, बैशाख ६, २०८३

नवलपरासीको सुस्ता गाउँपालिका लिजामा जिल्लामै पहिलो

 

नवलपरासी — स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा नवलपरासीको सुस्ता गाउँपालिका जिल्लामै पहिलो भएको छ। संघीय मामिला तथा सामान्य मन्त्रालयले   प्रकाशित गरेको अन्तिम नतिजाअनुसार सुस्ता गाउँपालिकाले ८७ प्रतिशत अंक ल्याएर उत्कृष्ट प्रदर्शन गरेको हो।

जिल्लाका सात स्थानीय तहमध्ये रामग्राम नगरपालिका सबैभन्दा कम ७२.५० प्रतिशत अंकसहित अन्तिममा रहेको छ। पाल्हीनन्दन गाउँपालिकाको भने कुनै विवरण उल्लेख छैन।

विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन

लिजा मूल्याङ्कन १० वटा विभिन्न विषयगत क्षेत्रमा १०० सूचकहरूका आधारमा गरिएको थियो। समग्र नतिजामा सुस्तापछि प्रतापपुर गाउँपालिका ८५.२५ प्रतिशत अंकसहित दोस्रो र सरावल गाउँपालिका ८१.५० प्रतिशत अंकसहित तेस्रो भएका छन्।

यस मूल्याङ्कनअनुसार, सेवा प्रवाहमा सुस्ता र प्रतापपुर दुवैले १३.५० प्रतिशत अंक ल्याएर संयुक्त रूपमा पहिलो स्थान हासिल गरेका छन्। भौतिक पूर्वाधारमा भने सरावल पहिलो भएको छ। त्यस्तै, विपद् व्यवस्थापनमा सुनवलप्रतापपुर दुवैले समान ७.५० प्रतिशत अंक ल्याएर पहिलो भएका छन्। न्यायिक सम्पादनमा भने सरावलबाहेक सबै स्थानीय तहले ७ प्रतिशत अंक प्राप्त गरेका छन्।

यो मूल्याङ्कनले स्थानीय तहहरूको वर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षहरूलाई पहिचान गर्न मद्दत गर्नुका साथै स्थानीय सरकारहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्य राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार