पुरुषोत्तम सुवेदी
६७औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी उपरीक्षक विरेन्द्र थापा सम्मानित हुनु भएको छ । मुलुकभरमा सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीलाई “सर्वोत्कृष्ट प्रदेश प्रहरी गण” लाई उत्कृष्ट बनाउन सफल थापा लाई प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले रेकर्ड मा जनिने गरेर सम्मान पत्र सहित पुरस्कृत गर्नु भएको हो ।
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (POLICE BATON), २०८३ मा देशभरका प्रदेश प्रहरी गणहरूमध्ये उत्कृष्ट ठहरिँदै सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढी प्रथम भई “POLICE BATON” प्राप्त गर्न सफल भएको हो।
कार्यालय प्रमुखको
भूमिकामा प्रहरी उपरीक्षक विरेन्द्र थापाले प्रदर्शन गर्नुभएको पेसागत व्यावसायिकता, निष्ठा, मातहत प्रहरी कार्यालयको परिचालन तथा कार्य कुशलताको समग्र मूल्याङ्कन गर्दै उहाँलाई ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी गण प्रमुख’ घोषित गरिएको हो ।
प्रहरी दिवसओआ अवसरमा विभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने प्रहरी लाई सम्मान गरिएको थियो ।
