सोम, कार्तिक ३, २०८३

सशस्त्र प्रहरीद्वारा ठाउँ,  ठाउँमा लिङ्गे पिङ निर्माण

 

 

पुरुषोत्तम सुवेदी

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, पश्चिम नवलपरासीले स्थानीय समुदायसँगको सम्बन्ध सुदृढ बनाउन र दसैँ-तिहारको रौनक बढाउन ठाउँ,  ठाउँमा  लिङ्गे पिङ निर्माण गरिदिएको छ ।

शिक्षालयको टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ स्थित नगरपालिका टोल र बाढीपीडित टोलका बालबालिका तथा स्थानीयवासीका लागि  लिङ्गे पिङ निर्माण गरिदिएको हो ।

शिक्षालय प्रमुख एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिर सुवेदीका अनुसार नागरिक र प्रहरीबीचको सामाजिक तथा भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै हाम्रो मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले पिङ हालिएको हो । सीमा सुरक्षा र नागरिकको रक्षाको जिम्मेवारीसँगै समुदायको सुख-दुःखमा हातेमालो गर्नु सशस्त्र प्रहरीको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

 

अहोरात्र खट्ने सुरक्षाकर्मी आफैँ टोलमा पुगेर पिङ हालिदिएपछि विशेषगरी बालबालिका, युवा तथा बाढीपीडित क्षेत्रका बासिन्दाहरू निकै उत्साहित भएका छन् । आफ्नै टोलमा पिङ तयार भएपछि स्थानीयवासीले सशस्त्र प्रहरी बल नेपाल र सीमा सुरक्षा तालिम शिक्षालय प्रति आभार प्रकट गरेका  छन् ।

तस्बिर : – निर्माण गरिएको लिङ्गे पिङ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार