आइत, कार्तिक २, २०८३

प्रेसिडेन्ट बिजनेस ग्रुपद्वारा आईतबार देखि ‘तेस्रो पक्कु फेस्टिभल’ , काठमाडौँ उपत्यका बाहिर भैरहवा पनि फुड

प्रेसिडेन्ट बिजनेस ग्रुपद्वारा आईतबार देखि ‘तेस्रो पक्कु फेस्टिभल’ ,   काठमाडौँ उपत्यका बाहिर  भैरहवा पनि फुड

पुरुषोत्तम सुवेदी

 नेपाली मौलिक खाना, रैथाने स्वाद र समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले आईतबार देखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना गरेको छ ।

प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीका अनुसार  विगत तीन वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो फेस्टिभल यस वर्ष आईतबार देखि ‘ यही असोज  २९ गतेसम्म पाँच दिनसम्म चल्नेछ । फेस्टिभल प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गत काठमाडौँका सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलङ्कीस्थित आउटलेटहरूमा सञ्चालन हुने आयोजकले जनाएको छ

प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष  भण्डारी भन्नुहुन्छ “हामी पक्कुलाई एउटा परिकारका रूपमा मात्र होइन, नेपाली स्वाद, संस्कृति र आतिथ्यताको विशिष्ट पहिचानका रूपमा स्थापित गर्न चाहन्छौँ।”

यसैगरी, काठमाडौँ उपत्यका बाहिर लुम्बिनी प्रदेशको भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा समेत प्रेसिडेन्टको पक्कु प्रस्तुत तथा प्रवर्द्धन गरिने भएको छ। मौलिक खानालाई विभिन्न भूगोल, समुदाय र पर्यटकीय गन्तव्यसँग जोड्ने लक्ष्यका साथ भैरहवामा पनि पक्कु पस्कन लागिएको हो।

पुस्तौँदेखि नेपाली सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिँदै आएको परम्परागत परिकार पक्कुलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पर्यटकका साथै अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउने दीर्घकालीन अभियानको रूपमा यो फेस्टिभल आयोजना गरिएको प्रेसिडेन्ट बिजनेस ग्रुपले जनाएको छ।

“हाम्रो दृष्टिमा होटल वा रेस्टुरेन्ट केवल खाना तथा आवास उपलब्ध गराउने स्थल मात्र होइन, यो संस्कृति, स्वाद र आतिथ्यताको प्रतिनिधि पनि हो,” वक्तव्यमा भनिएको छ, “नेपाली खानालाई व्यवस्थित रूपमा ब्रान्डिङ गर्न सकियो भने पर्यटन प्रवर्द्धनका साथै स्थानीय कृषि, पशुपालन र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्छ।”

विगत दुई दशकदेखि होटल तथा रेस्टुरेन्ट व्यवसायमा सक्रिय प्रेसिडेन्ट बिजनेस ग्रुपमा हाल ३५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। संस्थाले आगामी दिनमा रुपन्देहीको बुटवल र काठमाडौँको बुढानीलकण्ठबाट समेत नयाँ आउटलेट सञ्चालनमा ल्याउने र व्यावसायिक सञ्जाल विस्तार गर्ने जनाएको छ।

(तस्बिर:  पत्रकार सम्म्मेलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार