सोम, बैशाख ७, २०८३

जापानकाे सहयोगमा सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकाले प्राप्त गरे दमकल

पुरुषोत्तम सुवेदी

मित्रराष्ट्र जापान सरकारको सहयोगमा पश्चिम नवलपरासी जिल्लाको विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने उद्देश्यले सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकाले अत्याधुनिक दमकल (अग्निनियन्त्रक यन्त्र) प्राप्त गरेका छन् । दमकल नहुँदा आगलागी र अन्य विपद्का घटनामा ठूलो क्षति बेहोर्दै आएका यी दुई स्थानीय तहका लागि यो सहयोग कोसेढुङ्गा साबित भएको छ।

जापान सरकारको सहयोगमा यी दमकलहरू  काठमाडौँमा स्थानीय तहलाई हस्तान्तरण गरिएको हो। लामो समयदेखि दमकलविहीन रहेका कारण आगलागीका घटनाहरूमा छिमेकी नगरपालिकाहरू (रामग्राम वा बर्दघाट) मा निर्भर रहनुपर्ने बाध्यताको अन्त्य भएको छ।

सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले जापान सरकार र सहयोगी निकायप्रति आभार व्यक्त गर्दै दमकल प्राप्त भएसँगै अब नगरवासीको जीउधनको सुरक्षा सुनिश्चित भएको बताउनुभयो। उहाँले दमकलको उचित सञ्चालन र मर्मतसम्भारका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष  उमेशचन्द्र यादवले दमकल सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिलाई तालिम दिने प्रक्रिया भइसकेको जानकारी दिँदै यो सहयोगले विशेषगरी सुख्खा मौसममा हुने आगलागीका घटनालाई तत्काल नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

https://gorkhapatraonline.com/news/177474

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार