शुक्र, बैशाख ४, २०८३

बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा प्रवाह ठप्प

पुरुषोत्तम सुवेदी

नवलपरासी — बर्दघाट नगरपालिका–१ मा रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेड योजना कार्यालयका योजना प्रमुख महेन्द्र थापामाथि गत मंसिर ११ गते आइतबार बिहान ११ बजेदेखि ११:३० बजेसम्म कार्यस्थलमै गएर धम्की तथा दुर्व्यवहार गरिएको भन्दै सुरक्षाको प्रत्याभूति नभए सम्म कार्यालयले प्रवाह गर्ने सेवा अनिश्चितकालीन रुपमा बन्द गरिएको जनाईएको छ ।

आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापाले  पत्रकार सम्मेलनको आयोजना गरी शान्तपुर्ण रुपमा काम गर्ने बाताबरण नभएसम्म कार्यालयको काम ठप्प रहने जानकारी दिनुभयो ।
कार्यालय वा योजना प्रमुख सग कुनै उजुरी वा गुनासो भए कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने अधिकार हुँदाहुँदै गरिएको दुव्र्यवहारले आफुहरुले असुरक्षित महसुस गरेको जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

करि ९–१० जनाको समूह लिएर पुगेका एक व्यक्तिले आफू नेपाल कम्युनिस्ट पार्टी बहुमतको कार्यकर्ता भएको भएको बताउदै योजना प्रमुख थापालाई अनावश्यक दबाब दिएको, कार्यालयका अन्य कर्मचारीलाई समेत ज्यान मार्ने धम्की दिएको बिज्ञप्तिमा जनाईएको छ ।”सबै कुरा हाम्रो क्षेत्राधिकार भित्र पर्दैन सबै निर्णय केन्द्रले गर्ने हुँदा सर्वाधिकार हामिमा रहदैन”योजना प्रमुख थापाले भन्नू भयो ।आफुले केन्द्रिय कार्यालयमा आफन्तलाई जागिर खुवाएको बिषय साचो नभएको थापाले दावी गर्नु भयो ।

चिसापानीको जग्गामा विवाद भएपछि परेको मुद्दामा सर्वोच्चको परमादेशअनुसार व्यक्तिको नाममै गएको थापाको दावी छ ।केही ब्यक्तिहरुको निहित स्वार्थ पूरा नहुदा उक्त घटना घटाईएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

“कर्मचारीहरूका अनुसार कानुनी प्रक्रिया अनुसार काम बढाइरहेको अवस्थामा यस्तो घटना हुनु मनोबल तोड्ने कार्य भएको छ” धम्कीका कारण कार्यालयको दैनिक कामकाज समेत प्रभावित भएको र कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको उल्लेख छ।

शान्ति–सुरक्षामा असर पुर्‍याउने यस्ता गतिविधि तत्काल रोक्न तथा घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउँदै आवश्यक कारवाहीको माग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार