शनि, बैशाख ५, २०८३

दरबन्दी बाहेकका अस्थायी तथा करार कर्मचारीको सेवा समाप्त : प्रतापपुर गाउँपालिका पहिलो

पुरुषोत्तम सुबेदी

प्रतापपुर, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)। पश्चिम नवलपरासी जिल्लाका स्थानीय तहमध्ये प्रतापपुर गाउँपालिका स्वीकृत दरबन्दी बाहेकका सम्पूर्ण अस्थायी र करार कर्मचारीहरूको सेवा समाप्त गर्ने पहिलो गाउँपालिका बनेको छ।

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका कर्मचारी राख्न नपाउने भन्ने नीति कार्यान्वयनमा ल्याउँदै गाउँपालिकाले  कार्यरत अस्थायी तथा करार कर्मचारीको नियुक्ति तथा सम्झौता स्वतः अन्त्य भएको सूचना जारी गरेको छ।

प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिता वि.क. थारु द्वारा जारी सूचनामा गाउँ कार्यपालिकाको निर्णय र अर्थ मन्त्रालयको परिपत्रलाई आधार मानेर यो कदम चालिएको उल्लेख छ।

अन्य स्थानीय तह अझै मौन

यद्यपि, प्रतापपुर गाउँपालिकाले यो कदम चालिसक्दा पनि जिल्लाका अन्य स्थानीय तहहरू भने सरकारको यो नीतिका विषयमा खासै सक्रियता देखाएका छैनन्। जिल्लाका अधिकांश पालिकाले स्वीकृत दरबन्दी बाहेक नियुक्त गरिएका स्वास्थ्यकर्मी, शिक्षक र अन्य दैनिक ज्यालादारी कर्मचारीको व्यवस्थापन वा बर्खास्तगीको विषयमा औपचारिक निर्णय वा सूचना प्रकाशित गर्न बाकि छ  ।

को-को प्रभावित भए?

गाउँपालिकाको यो निर्णयबाट स्वीकृत दरबन्दी बाहेक अस्थायी नियुक्ति भएका, करार सेवामा कार्यरत तथा दैनिक ज्यालादारीमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मी, शिक्षक र कार्यालय सहायक लगायतका कर्मचारीहरू प्रभावित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार