बुध, भदौ १७, २०८३

विपत्तिको कठिन घडीमा बर्दघाटका पूर्व नगर प्रमुख बस्यालद्वारा २५ हजार व्यक्तिगत सहयोग

 

नवलपरासी । देशमा घटेको दुःखद प्राकृतिक प्रकोपको घटनाबाट प्रभावितहरूका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका पूर्व नगर प्रमुख धीरज शर्मा बस्यालले व्यक्तिगत तर्फबाट रु. २५ हजार नगद सहयोग गर्नुभएको छ। विपत्तिको यस कठिन घडीमा पीडितहरूलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले उहाँले राहत कोषमा उक्त रकम जम्मा गर्नुभएको हो ।

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पूर्व नगर प्रमुख बस्यालले अकालमा ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।

व्यक्तिगत सहयोग गर्दै उहाँले भन्नुभयो, “यस कठिन र दुःखद घडीमा पीडित परिवार, घाइते तथा प्रभावित सबैप्रति हामी सबैको साथ, सहानुभूति र ऐक्यबद्धता हुनुपर्छ। मैले राहत कोषमा रु. २५ हजार सहयोग गरेको छु र अन्य मनकारी महानुभावहरूलाई पनि आ-आफ्नो तर्फबाट पीडितको मलमपट्टीका लागि सहयोग गर्न हार्दिक आह्वान गर्दछु।”

यसै गरी उहाँले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण घाइतेहरूको तत्काल र प्रभावकारी नि:शुल्क उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले विस्थापित तथा प्रभावित परिवारलाई तत्काल आवश्यक राहत, क्षतिपूर्ति र पुनर्स्थापनाका लागि प्राथमिकताका साथ कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

स्थानीयस्तरमा विकास र सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आउनुभएका बस्यालको यो सहयोगले विपत्तिको समयमा राहत र उद्धारमा थप बल पुग्ने र अन्य व्यक्तिहरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने विश्वास लिइएको छ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार