पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, । लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा देवकरण प्रसाद कलवार ‘सन्तु‘ ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीबाट भइरहेको कटान र डुबान नियन्त्रणका लागि तत्काल आवश्यक पहल र बजेट व्यवस्थापन गरिदिनुहुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई समक्ष माग गर्नुभएको छ।
नारायणी नदीको कटान र डुबानबाट प्रभावित पश्चिम नवलपरासीको सुस्ता क्षेत्रको स्थलगत अनुगमन पश्चात मन्त्री कलवारले संघीय मन्त्री घिसिङलाई टेलिफोन कुराकानी मार्फत समस्याबारे जानकारी गराउँदै तत्काल दीर्घकालीन समाधान खोज्न संघीय सरकारसँग आग्रह गर्नुभएको हो।

दीर्घकालीन तटबन्धको माग
मन्त्री कलवारले सुस्ता क्षेत्रमा भइरहेको क्षतिको अनुगमन गर्ने क्रममा स्थानीय बासिन्दाले बर्सेनि वर्षायाममा नदीको कटान र बस्ती डुबानको समस्या भोग्दै आएको बताउँदै आएका छन्। सोही क्रममा स्थानीयले दीर्घकालीन रूपमा तटबन्ध गर्न प्रदेश सरकार र संघीय सरकारको समक्ष जोडदार माग गरेका छन्।
अनुगमनका क्रममा नदीको तीव्र कटान र डुबानले स्थानीय बस्तीलाई उच्च जोखिममा पारेको निष्कर्ष निकाल्दै मन्त्री कलवारले तत्काल दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताउनुभयो।
यस क्षेत्रमा नारायणी नदी व्यवस्थापनका लागि केही काम भइरहे तापनि त्यो पर्याप्त नभएको र नदीको बहावका कारण थप क्षति हुने जोखिम बढेको स्थानीयले बताउँदै आएका छन्।
सुस्तावासीले बर्सेनि वर्षायाममा नदीको कटान र बस्ती डुबानको समस्या भोग्दै आएका छन्। यस क्षेत्रमा नारायणी नदी व्यवस्थापनका लागि केही काम भइरहे तापनि त्यो पर्याप्त नभएको र नदीको बहावका कारण थप क्षति हुने जोखिम बढेको स्थानीयले बताउँदै आएका छन्।यो पहलले सुस्ताको समस्या समाधानका लागि संघीय सरकारको ध्यान केन्द्रित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तस्बिर- सुस्ता क्षेत्रमा आइतबार लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा देवकरण प्रसाद कलवार लगायत ।
