सोम, कार्तिक ३, २०८३

‘प्रशासन र स्वशासन’ पुस्तक प्रकाशन – सिडियो कार्यालयमा दैनिक राष्ट्रिय गानसहित सेवा प्रवाहको थालनी

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासी , । नेपालको प्रशासनिक क्षेत्रका अनुभवी व्यक्तित्व सहसचिब  कृष्णप्रसाद लम्सालद्वारा लिखित  पुस्तक ‘प्रशासन र स्वशासन‘ प्रकाशनमा आएको छ। हाल पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहनुभएका  लम्सालले निजामती सेवाको लामो अनुभव र स्थानीय तहको विकासमा गरेको गहन अध्ययनलाई समेटेर यो पुस्तक  तयार गर्नुभएको हो ।

पुस्तकले मुख्यगरी ‘प्रशासन र स्वशासन‘ को सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूको विवेचना गरेको छ। नेपालको सन्दर्भमा संघीयता, स्थानीय सरकारको सबलीकरण, नागरिक समाजको भूमिका र समग्र सुशासनको प्रत्याभूति गर्ने विषयहरूमा यसले प्रकाश पारेको देखिन्छ।

यो विशेष गरी लोकसेवा आयोग (संघ, प्रदेश र स्थानीय तह), शिक्षक सेवा आयोग (नि.मा.वि. र मा.वि.) लगायत अन्य प्रशासनिक सेवाका तयारी गर्नेहरूका लागि अत्यधिक उपयोगी र सन्दर्भ सामग्रीको रूपमा तयार गरिएको छ।

विभिन्न शासन व्यवस्थाको अनुभव हासिल गर्नुभएका लम्सालले स्थायी सरकारको रूपमा निजामती सेवाको भूमिका र सुशासनमा यसको कर्तव्यबारेमा  ज्ञान राख्नुहुन्छ।यो पुस्तक सार्वजनिक प्रशासन, सुशासन, संघीयता र स्थानीय शासन प्रणालीको बारेमा बुझ्न चाहने जो कोहीका लागि एक अमूल्य स्रोत हुने अपेक्षा गरिएको छ।

तस्बिर– ‘प्रशासन र स्वशासन‘ पुस्तक

सिडियो कार्यालयमा दैनिक राष्ट्रिय गानसहित सेवा प्रवाहको थालनी

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासी ,  । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले दैनिक सेवा प्रारम्भ गर्नुअघि राष्ट्रिय गान गाउने परम्पराको थालनी गरेको छ। प्रमुख जिल्ला अधिकारी  कृष्णप्रसाद लम्सालका अनुसार सेवा प्रवाहलाई थप मर्यादित र राष्ट्रप्रेमपूर्ण बनाउने उद्देश्यका साथ कार्यालयमा दैनिक सेवा प्रारम्भ गर्नुअघि राष्ट्रिय गान गाउने व्यवस्था गरिएको हो  ।

यस व्यवस्था अनुसार,  कार्यालयको सेवा प्रवाह सुरु हुने समय बिहान १०:०० बजेबाट सम्पूर्ण कर्मचारी र उपस्थित सेवाग्राहीको सहभागितामा राष्ट्रिय गानको गायन हुनेछ।जिल्ला प्रशासन कार्यालयका अनुसार, यस नयाँ अभ्यासलाई आगामी दिनहरूमा  दैनिक रुपमा निरन्तरता दिइनेछ।

यो कदमले कर्मचारी तथा सेवाग्राहीहरूमा देशभक्तिको भावना जागृत गर्न, राष्ट्रिय एकतालाई बलियो बनाउन र कार्यालयको वातावरणलाई थप अनुशासित र सकारात्मक बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

लम्साल दाङ र कैलालीमा   प्रमुख जिल्ला अधिकारी  हुदा उहाँले सरकारी सेवा सुधार्न र विकास निर्माण कार्यलाई गति दिन  प्रयास गर्नुभएको थियो।

“राष्ट्रिय गानको गायनले हामी सबैमा राष्ट्रप्रतिको सम्मान र कर्तव्यबोधको भावना जागृत गराउँछ।  सहायक प्रमुख  जिल्ला अधिकारी पोषन राज भण्डारीका अनुसार सेवाग्राहीहरूलाई समयमै कार्यालयमा उपस्थित हुन र कर्मचारीहरूलाई थप ऊर्जाका साथ सेवा प्रदान गर्न यसले उत्प्रेरणा दिनेछ।”

यस किसिमको सकारात्मक अभ्यासले सार्वजनिक सेवाप्रवाहलाई नागरिकमैत्री बनाउनुका साथै राष्ट्रिय पहिचानलाई सधैँ प्राथमिकतामा राख्ने सन्देश दिएको छ।

तस्बिर- राष्ट्रिय गान गाउदै कर्मचारी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार