बिहि, बैशाख १०, २०८३

पश्चिम नवलपरासीमा कृषि तथा पशु सेवाका वार्षिक कार्यक्रम सार्वजनिक;

नवलपरासी । लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतका पश्चिम नवलपरासीस्थित विभिन्न कार्यालयहरूले आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो वार्षिक कार्यक्रम संयुक्त रूपमा सार्वजनिक गरेका छन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा कृषी ज्ञान केन्द्र, पशु रोग अन्बेषण प्रयोगशाला,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आ-आफ्नो कार्यालयले गर्ने वर्षभरिका कार्यक्रमहरू प्रस्तुत गरेका हुन्।

बजेट अभाव मुख्य चुनौती:

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख दिपक भुसालले सेवाग्राहीको आवश्यकताअनुसार बजेट कम भएकोले सबै जनताको माग सम्बोधन गर्न नसकिएको अवस्था रहेको स्पष्ट पार्नुभयो।

कृर्षीज्ञान केन्द्रको तर्फबाट डा. रवीन्द्रनाथ चौबे र पशु रोग अन्बेषण प्रयोगशालाका प्रमुख डा. भरत काफ्लेले आ.व. २०८२/०८३ का लागि आ-आफ्नो कार्यालयको वार्षिक कार्यक्रमहरू सार्वजनिक गर्नुभएको थियो।

यसैगरी, पशुपंक्षी तथा मस्य विकास निर्देशनालय बुटवलका निमित्त महानिर्देशक श्रवण कुमार चौधरीले पनि बजेट अभावकै कारण सबै जनताको माग सम्बोधन गर्न नसकिने अवस्था रहेको निष्कर्ष दोहोर्याउनुभयो।

पशु सेवा प्रावधिक टुकराज न्यौपानेले पशु सेवा क्षेत्रमा जनताको बढ्दो निर्भरता र त्यसलाई सम्बोधन गर्न बजेटको अपर्याप्तताबीच देखिएको खाडललाई उजागर गर्नुभएको थियो।

जिल्ला समन्वय समिती पश्चिम नवलपरासीका प्रमुख भगौती यादव रुदलको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूको व्यापक सहभागिता रहेको थियो। सहभागीहरूले पशु सेवा सम्बन्धी जनताको माग र अपेक्षा निकै धेरै रहेको औंल्याएका थिए।

निष्कर्ष:

कार्यक्रममा जनताको माग र सरकारी स्रोतसाधनबीच सन्तुलन मिलाउन आगामी दिनमा थप पहल गर्नुपर्ने आवश्यकता देखिएकोमा सबै सरोकारवालाहरू सहमत भएका छन्।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार