बिहि, बैशाख १०, २०८३

निःशुल्क शल्यक्रिया र यातायातले विपन्नलाई राहत

निःशुल्क शल्यक्रिया र यातायातले विपन्नलाई राहत

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासी ,  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा विशेष पहल गर्दै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नगरवासीका लागि महत्वपूर्ण निःशुल्क स्वास्थ्य सेवाहरू सञ्चालनमा ल्याएको छ।

निःशुल्क मोतियाबिन्दु शल्यक्रियानिःशुल्क रगत तथा डायलासिस बिरामीका लागि यातायात सुविधा दिन थालेपछि आर्थिक अवस्था कमजोर भएका नागरिकलाई ठूलो राहत पुगेको छ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठ का अनुसार यी कार्यक्रमहरूको मुख्य उद्देश्य स्वास्थ्य सेवामा पहुँच बढाउनु र विपन्न नागरिकलाई आर्थिक राहत पुर्‍याउनु हो।नागरिकलाई स्वास्थ्य सेवामा सहज र मूलतः विपन्न नागरिकलाई निःशुल्क पहुँच सुनिश्चित गर्न नगरपालिकाले नीति तथा कार्यक्रममै यी कार्यक्रम समावेस गरेको छ,” मेयर श्रेष्ठले बताउनुभयो।

नगरपालिकाले मोतियाबिन्दु भएका बिरामीका लागि निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गर्न बिनोद निता कँडेल आँखा अस्पताल (परासी) सँग सम्झौता गरेको छ। त्यसैगरीरेडक्रससँग समन्वय गरी बिरामीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराइनेछ। डायलासिस गराउनुपर्ने बिरामीहरूका लागि भने गौतमबुद्ध सामुदायिक मुटु अस्पताल सम्म आवतजावतका लागि निःशुल्क यातायातको सुविधा प्रदान गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल ले यी कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि स्थानीय स्वास्थ्य संस्थाहरू र गैर-सरकारी संस्थाहरूसँग समन्वय बढाएको जानकारी दिनुभयो। ” यसबाट नगरवासीहरू लाभान्वित भइरहेका छन्। हामी सुनिश्चित गर्छौं कि विनियोजित बजेट र सेवाहरू लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुगोस्,” पौडेलले भन्नुभयो।

नगरपालिकाले यी कार्यक्रमहरू विगत वर्षदेखि नै अघि बढाएको हो।

तस्बिर –  निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गर्न बिनोद निता कँडेल आँखा अस्पताल (परासी) सँग  गरिएको सम्झौता ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार