मङ्ल, बैशाख ८, २०८३

जलाशय बाउन्न घोला सिमसारमा मत्स्य भुरा छाडीए

 

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासी, मङ्सिर ६ गते । ‘जलिय जैविक विविधताको प्रवर्दन, खाद्य तथा पोषण सुरक्षामा सम्वर्दन’ भन्ने मूल नाराका साथ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा अवस्थित  १० मा रहेका   महत्वपूर्ण प्राकृतिक जलाशय बाउन्न घोला सिमसारमा मत्स्य भुरा छाडीएका छन ।

विश्व मत्स्य दिवस २०२५ को अवसरमा नगरपालिकाको रहेका  महत्वपूर्ण प्राकृतिक जलाशय बाउन्न घोला सिमसारमा स्थानीय जातका रहु र नैनी गरी ५ हजार मत्स्य भुरा छाडीएका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पश्चिम नवलपरासीका प्रमूख दिपक भुषालका अनुसार कार्यक्रमको मुख्य उद्देश्य प्राकृतिक जलाशयमा जलिय जैविक विविधताको संरक्षण गर्नु, त्यसको उचित व्यवस्थापन गर्नु र सिमसार क्षेत्रको समुचित सदुपयोग गर्नु हो ।

कार्यक्रमको समन्वय हरियाली वन उपभोक्ता समिती र बाउन्न घोला सिमसार संरक्षण मंचले गरेका थिए भने बर्दघाट नगरपालिकाको पशु सेवा शाखाले सहजीकरणको भूमिका निर्वाह गरेको थियो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु सेवा प्राविधिक टुकराज न्यौपानेका अनुसार  यस कार्यक्रमले प्राकृतिक जलस्रोतको दिगो उपयोगिता र मत्स्य उत्पादनमार्फत स्थानीय स्तरमा खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

तस्बिर- प्राकृतिक जलाशय बाउन्न घोला सिमसारमा मत्स्य भुरा छाडदै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार