शुक्र, बैशाख ४, २०८३

लैङ्गिक हिंसाविरुद्ध नीतिगत क्षमता अभिवृद्धि: बाँकेका अभियन्ताहरूलाई ३ दिने तालिम

तालिममा लैङ्गिकतामा आधारित हिंसाका प्रकारहरू, तिनीहरूको रोकथामका लागि भएका नीतिगत व्यवस्था, कानुनहरू, कानुन कार्यान्वयन गर्ने निकायहरू, र जवाफदेही स्थानीय निकायसहितका पहलहरू लगायतका विषयमा गहन छलफल र प्रशिक्षण भएको थियो।

प्रमुख व्यक्तिहरूको सहभागिता

तालिममा नेपालगन्ज उपमहानगरपालिकाकी वरिष्ठ महिला विकास अधिकृत पवित्रा कुमारी पुरी प्रमुख अतिथि तथा प्रशिक्षकका रूपमा रहनुभएको थियो। उहाँले नीतिगत विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी, अधिवक्ता विश्वजित तिवारी र रूपा गहतराज ले पनि प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सेना र राष्ट्रिय महिला अधिकार मञ्चका निर्देशक तथा सूचना अधिकारी मोहम्मद शेर बागवान अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। संस्थाका अध्यक्ष रूबी खाँन ले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सकिना शाह र स्वागत पुर्णा बि.क. ले गरेकी थिइन्।

जोखिममा महिला अभियन्ताहरू

नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, र कोहलपुर नगरपालिकाबाट गरी ३५ जना अभियन्ता महिलाहरूको सहभागिता रहेको उक्त तालिमको समापनमा सहभागीहरूले आगामी कार्ययोजना पनि तयार पारेका छन्।

यद्यपि, तालिममा सहभागी अभियन्ताहरूले हिंसामा परेका महिलाहरूको न्याय प्राप्तिका लागि पहल गर्दा जोखिम अत्यन्त बढी हुने गरेको भन्दै चिन्ता व्यक्त गरे। उनीहरूले महिला मानव अधिकार रक्षक र अभियन्ताहरूको सुरक्षाका लागि सम्बन्धित निकायबाट कुनै ठोस पहल नहुँदा आफूहरूमाथि जोखिम बढिरहेको धारणा राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार