आइत, बैशाख ६, २०८३

सब-डिभिजन वन कार्यालयको भवन निर्माण सुरु  – मन्त्री कलवार द्वारा भवनको शिलान्यास

 

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासीको  सुस्तास्थित फेचुवा १ मा सब-डिभिजन वन कार्यालय  प्रतापपुर, सुस्ताको भवन निर्माण सुरु भएको छ । भवनको सोमबार लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय देवकरण प्रसाद कलवार (सन्तु) ले शिलान्यास गर्नुभयो  ।

सो क्रममा मन्त्री कलवारले यस क्षेत्रको वन व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने बताउँदै वन संरक्षणमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो।भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटबाट रु. ५० लाख विनियोजन गरिएको छ। यसले तोकिएको समयभित्र भवन निर्माण कार्य सम्पन्न गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

यस कार्यालय भवनको निर्माणले स्थानीय तहमा वन प्रशासनलाई थप सुदृढ बनाउने र वन तथा वातावरण संरक्षणसम्बन्धी सेवाहरूलाई सर्वसाधारणसम्म सहज र छिटो पुर्‍याउने मुख्य उद्देश्य राखेको छ।

नयाँ सब-डिभिजन कार्यालयले विशेष गरी सुस्ता क्षेत्रको वन पैदावारको व्यवस्थापन, अवैध कटानी नियन्त्रण र वन अतिक्रमण न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

तस्बिर- भवन शिलान्यास कार्यक्रम  ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार