पुरुषोत्तम सुबेदी
नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन्। नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ को जिल्ला कार्यसमितिले पोखरेललाई आगामी निर्वाचनका लागि समानुपातिकतर्फ खस-आर्य कोटाबाट उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
हालै अर्थ मन्त्रालयबाट अनिवार्य अवकाश पाएका पोखरेल नेपाली कांग्रेसको राज्य प्रशासन विभागका सदस्य समेत हुन्। निजामती सेवामा लामो समय बिताएका उनी वैशाख १५ गते सरकारी सेवाबाट निवृत्त भएका थिए।
समानुपातिक तर्फका अन्य सिफारिस
सुनसरी क्षेत्र नं. २ बाट खस-आर्य समूहमा पोखरेलसँगै किरण पोखरेल, रमेश पोखरेल (अपाङ्ग), तेजप्रसाद सुवेदी र खेमराज दाहालको नाम पनि सिफारिस सूचीमा परेको छ।
त्यसैगरी, महिला क्लस्टरतर्फ नवोदिता चौधरी, दिलकुमारी राई, सुशीला चौधरी, सरला बस्नेत, बबिता चौधरी र सरिता आङदम्बेको नाम समावेश गरिएको छ।

समावेशी र प्रत्यक्ष तर्फको नामावली
कांग्रेसले समावेशितालाई ध्यान दिँदै अन्य समूहबाट पनि नाम सिफारिस गरेको छ:
-
दलित: चन्द्रेश्वर शर्मा सत्त्वे
-
आदिवासी जनजाति: रामफल मण्डल
-
मधेसी: मोहन मेहता
-
थारु: कोशीलाल चौधरी र भरत चौधरी
यता प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने सुनसरीबाट राजीव कोइराला, राजीव ढुङ्गाना र सीताराम महतोको नाम सिफारिस भएको छ। ट्रेड युनियन राजनीतिबाट स्थापित पोखरेलको सिफारिसलाई कर्मचारी वृत्त र राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
