शुक्र, बैशाख ४, २०८३

सुनवलमा त्रिविका एमबीए विद्यार्थीको स्थलगत अध्ययन सुरु

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासी, पुस  ३ गते  ।   त्रिभुवन विश्वविद्यालय व्यवस्थापन स्कूल बाट आएका ४० जना एमबीए  विद्यार्थीहरूले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सात दिने स्थलगत अध्ययन  सुरु गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका सह–निर्देशक फूलप्रसाद सुवेदी र फ्याकल्टी डा. भूमिश्वर शर्माको नेतृत्वमा आएको विद्यार्थी टोलीले विशेषगरी नगरपालिकाभित्रका निम्न क्षेत्रहरूमा केन्द्रित रहेर तथ्याङ्क संकलन र विश्लेषण गर्नेछ  ।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले शैक्षिक संस्थाहरूसँगको सहकार्यले स्थानीय तहको कार्यसम्पादनमा निखार ल्याउने बताउनुभयो। उहाँले भन्नुभयो, “शैक्षिक संस्थासँगको सहकार्यमार्फत नीति निर्माणमा सहायक हुने अध्ययनलाई हामी सधैं स्वागत गर्छौं। विद्यार्थीहरूले संकलन गरेको वास्तविक तथ्याङ्कले नगरपालिकालाई आगामी योजना तर्जुमा गर्न मार्गदर्शन गर्नेछ।”

     

टोलीले कृषि तर्फ  स्थानीय उत्पादन र आधुनिक खेतीको अवस्था , फोहरमैला व्यवस्थापन तर्फ  नगरले अपनाएका उपाय र सुधारका क्षेत्र,खानेपानी तर्फ   वितरण प्रणाली र गुणस्तर रउद्यम र उत्पादन तर्फ   स्थानीय उद्योग र स्वरोजगारका अवसरहरू बारे अध्ययन गर्ने छ ।

यो सात दिने अध्ययन पश्चात विद्यार्थीहरूले नगरपालिकालाई एक प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ, जसले नगरको वस्तुस्थिति बुझ्न र विकासका नयाँ मोडेल तयार गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

तस्बिर- स्थलगत अध्ययन  आएका टोलि   ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार