शुक्र, बैशाख ४, २०८३

उखु किसानको आन्दोलन : राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलन गर्ने चेतावनी

उखु किसानको आन्दोलन : राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलन गर्ने चेतावनी

पुरुषोत्तम सुबेदी

नेपाल उखु उत्पादक महासंघले विगत वर्षको बक्यौता अनुदान रकम तत्काल भुक्तानी गर्न र यस वर्षको उखुको समर्थन मूल्य निर्धारण गर्न माग गर्दै आफ्ना मागहरू सम्बोधन नभए राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ।

उखु उत्पादक महासंघका प्रवक्ता तथा लुम्बिनी प्रदेश अध्यक्ष उमेशचन्द्र यादवका अनुसार महासंघले   नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो । महासंघले जारी गरेको ज्ञापन पत्रमा मुख्य रूपमा दुई बुँदामा सरकारको ध्यानाकर्षण गराएको छ।

उखु उत्पादक महासंघले कृषि मंत्री मार्फत सम्माननीय प्रधानमंत्री लाई ज्ञापन पत्र बुझाइ यही २०८२मंसिर १३गते सम्म को अल्टीमेटम सहित २ बुंदे माँग राखी यही मंसिर १४ गते आइतवार देखी सशक्त सड़क संघर्षको कार्यक्रम रिपोर्टर कल्ब बाट घोषणा  गरेको छ।

बक्यौता भुक्तानी र मूल्य निर्धारण मुख्य मुद्दा

१. बाँकी अनुदान रकम भुक्तानी: विगत वर्ष २०७८/०७९ मा उखु उत्पादनको बिक्री पश्चात् नेपाल सरकारबाट प्राप्त हुनुपर्ने प्रति क्विन्टल रु. ७० को अनुदान रकममध्ये रु. ३५ कटौती गरी किसानलाई बाँकी रु. ३५ प्रति क्विन्टल को दरले मात्र भुक्तानी गरिएको महासंघको दाबी छ। महासंघले पटक-पटक संघर्षका कार्यक्रम चलाए पनि सुनुवाइ नभएको भन्दै उक्त बाँकी रकम मिति २०७८/०८/१३ गतेसम्म उपलब्ध गराउनुपर्ने माग गरेको छ।

२. नयाँ समर्थन मूल्य कायम: यस वर्ष २०७९/०८० को क्रसिङ सिजन सुरु हुने समय भइसक्दा पनि सरकारले उखुको समर्थन मूल्य निर्धारण नगरेकोमा किसानहरू चिन्तित छन्। महासंघको मिति २०७८/०८/०९ को बैठकले विज्ञ समितिले सिफारिस गरेअनुसार उखुको न्यूनतम समर्थन मूल्य रु. ७१० प्रति क्विन्टल कायम गरी मिति २०७८/८/१३ गतेसम्म कार्यान्वयन गर्नुपर्ने माग राखेको छ।

 

 

आन्दोलनको चेतावनी

ज्ञापन पत्रमा उल्लेख भएअनुसार, यदि मागहरू सम्बोधन नगरिएमा महासंघ राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने स्पष्ट पारेको छ।

उखु किसानहरूको यस चेतावनीले गर्दा आगामी दिनमा सरकार र किसानहरूबीचको वार्ता तथा निर्णयहरू महत्त्वपूर्ण हुने देखिन्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार