शुक्र, बैशाख ४, २०८३

  लुम्बिनी प्रदेशका मन्त्री कलवारद्वारा छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शुभारम्भ

 

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को शुभारम्भ गरेको छ।  अन्तर विद्यालय स्तरको यस महत्त्वपूर्ण खेलकुद कार्यक्रमको उद्घाटन बर्दघाट–४ स्थित नवजीवन माध्यमिक विद्यालयको खेल मैदानमा भयो।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय देबकरण कलवारले गर्नुभयो। उद्घाटन सत्रमा प्रमुख अतिथि मन्त्री कलवारले  तेक्वान्दोका प्रमुख रेफ्रीलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको थियो।

प्रमुख अतिथि मन्त्री कलवारले खेलकुदको महत्त्वमाथि प्रकाश पार्दै खेलाडीहरूलाई शुभकामना दिनुभएको थियो।

नगरपालिकाको खेलकुद विकासलाई अगाडि बढाउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमको व्यवस्थापन नगर खेलकुद विकास समितिका संयोजक दिपक थापाले जानकारी दिनुभयो  । संयोजक थापाले प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेल प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

यस प्रतियोगितामा बर्दघाट नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरू गरि कुल २६ वटा विद्यालयहरूको सहभागिता रहेको छ। विद्यार्थीहरूले विभिन्न एथलेटिक्स र टिम खेलहरूमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताले बर्दघाट नगरपालिकाको खेलकुद विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

तस्बिर-  छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को उद्घाटन सत्र ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार